२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सोल्टी सिटी अपार्टमेन्टमा आगलागी


0
Shares

काठमाडौं, माघ ५ । काठमाडौंको रवि भवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ ।

अन्डरग्राउण्ड सहित १५ तल्लाको अपार्टमेन्टमा आगलागी भए पनि कुनै मानवीय क्षति भने भएन ।

जुद्ध वारूण यन्त्र काठमाडौं, ललितपुर तथा भक्तपुरको दमकल पुगेर आगलागी नियन्त्रणमा लिएको थियो ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीका डिएसपी अपिलराज बोहराले बिजुली सर्ट हुँदा आगलागी भएको बताउनुभयो ।

उहाँले अपार्टमेन्टको तेस्रो तल्लादेखि तेहैं तल्लासम्म क्षति पुगेको जानकारी दिनुभयो ।

आगलागी पछि अपार्टमेन्टमा रहेका मानिसहरूलाई सुरक्षित स्थानमा पुर्‍याइएको थियो भने चार वटा एम्बुलेन्स समेत घटनास्थल पुगेको थियो ।

आगो नियन्त्रणका लागि हेलिकप्टर बोलाइए तापनि प्रयोग भने भएन ।