१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेताहरु एक अर्कालाई खुइल्याउन निकै खप्पिस


0
Shares

खिलनाथ ताजपुरिया (इमेज)

काठमाडौं, माघ ५ । देशका ठूलाबडा ठानिने नेताहरु बेलाबेला एक अर्कालाई खुइल्याउन निकै खप्पिस देखिन्छन् ।

संवैधानिक प्रावधानको ख्यालै नगरी प्रतिनिधिसभा विघटन गरिएपछि दुर्घटनामा परेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई कित्ताका नेताहरु एकले अर्कोलाई नचिनेको स्वाङ गर्दै भाषणबाजीमा उत्रेर दुनियाँ हसाउन उद्दत भएका छन् ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शिर्ष नेताहरु आफ्नै सहयात्री नेताहरुलाई नचिनेको बताउन थालेका छन् ।

एकताले पूर्णता नपाउँदै चिराचिरा परेको नेकपाका नेताहरुको एकले अर्कोलाई चिन्दिनँ भनेर वक्तव्यबाजीमा उत्रेर देश र जनताका लागि कुनै योगदान दिइरहेका छैनन ।

बरु राजनीतिक हास्यपात्र बनिरहेका छन् ।

नेकपाको एउटा खेमाका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले केही दिन अगाडि अर्को खेमाको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा रहेकाहरुलाई चिन्नै छाडेको बताउनु भएको छ ।

उसो त ओली खेमाका नेताहरु पनि यस्तै राजनीतिक हास्यव्यंगमा उत्रिरहेका छन् ।

हेरौं, ओलीका दाहिने हात मानिने नेता सुवास नेम्वाङको उही शैलीको यो अभिव्यक्ति ।

हो यस्तो अभिव्यक्तिले एकले अर्को नेतालाई खुल्याउन र आफ्ना हनुमानहरुलाई चित्त बुझाउन मद्धत गर्ला ।

तर, यो स्तरको अभिव्यक्तिले नेताहरुको हैसियत कुन हदसम्म गिरेको छ भन्ने पनि छर्लङ पार्दछ ।

भिडियो हेर्नुहोस्