२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


प्रधानमन्त्री ओलीलाई तीन दिने स्पष्टीकरण


0
Shares

काठमाडौं, माघ ५ । नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णयको पत्र बालुवाटारमा बुझाएको छ ।

माघ २ गते बसेको उक्त समूहको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार स्पष्टीकरण सोधिएको पत्र बुझाउन स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल बालुवाटार पुग्नुभएको थियो ।

बालुवाटारमा पत्र बुझाएर फर्केको नेताहरुले बताएका छन् ।

पत्रमा ओलीलाई कारबाही गर्नुको कारणबारे सोधिएको र तीन दिन भित्र चित्तबझदो जवाफ नआए साधारण सदस्यसमेत नरहने गरि कारवाही गरिने उल्लेख गरिएको जनाइएको छ ।

पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै दाहाल–नेपाल पक्षीय स्थायी कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाउन केन्द्रीय कमिटीलाई सिफारिस गरेको थियो ।

पुस ७ गते बसेको सो समुहको केन्द्रीय कमिटी बैठकले ओलीलाई प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाएको थियो ।