२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


शेयर बजारमा उछाल जारी


0
Shares

काठमाडौं, माघ ५ । सोमवार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो ।

उतार चढावबीच बजार परिसूचक नेप्से १७ अंकले उकालो लागेर २३ सय ३२ को उचाईमा पुग्यो ।

कारोवार पनि ६ अर्ब माथी रह्यो । यस दिन जलविद्युत बाहेक अरु सबै समूह हरियो रहे ।

जिवन बिमा समुह सबैभन्दा उच्च १ सय ९९ अंकले उकालो लाग्दा व्यापार समुह १ सय ८१ अंकले सुधारियो ।

यस्तै निर्जिवन बिमा समूह १ सय २६ अंकले उकालो लाग्दा होटल समूह १ सय १३ अंक अनि लघुवित्त समुहमा पनि १ सय अंकको सुधार आयो ।

अरु समुह पनि दोहोरो अंकले उकालो लागे । यस दिन १ सय १० कम्पनीको शेयर मुल्य बृद्धि हुदा ५३ कम्पनीको मुल्य घटेको छ ।

१३ कम्पनीको मुल्य भने स्थीर रहेको नेप्सेले जनाएको छ ।

यसदिन सिभिल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाउदा संमृद्धि बित्त कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ७ कम्पनीको १ करोड ५४ लाख बढी कित्ता शेयर ६ अर्ब ३१ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।