२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


रामचन्द्र पौडेलको घरमा किन एक्लै पुगे देउवा ?


0
Shares

deuba poudel meet

काठमाडौं, माघ ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीभित्र देखिएका विवाद सुल्झाउने बारेमा छलफल भएको छ ।

पौडेललाई भेट्न सभापति देउवा एक्लै पौडेल निवास बोहोराटार पुग्नुभएको थियो । दुई नेताबीच पार्टीको आन्तरिक विवादको समाधान खोज्नेबारेमा छलफल भएको थियो ।

भेटमा माघ महिनाभित्र क्रियाशील सदस्यताको काम सकाउने बारेमा पनि छलफल भएको पौडेलले जानकारी दिनुभयो ।

देउवा र पौडेलबीच प्रतिनिधि सभा विघटनविरुद्ध अदालतको निर्णय कुरे पनि असंवैधानिक कदमविरुद्ध आन्दोलन जारी राख्ने सहमति पनि भएको छ ।

यसैबीच, मंगलबार बोलाइएको काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सारिएको छ । बैठक माघ १३ गते बस्ने गरी सारिएको हो ।