
डडेल्धुरा, माघ ६ । डडेल्धुरा जिल्लाको विकट तथा भारतीय सिमाबर्ती क्षेत्र भागेश्वर गाउँपालिकाको रुपाल क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नियमित नहुँदा स्थानीयलाई सास्ती भएको छ ।
भागेश्वर गाउँपालिकाको वडा नम्वर १ र २ का बस्तीहरुमा सुर्यास्तसंगै टेलिकम सेवा बन्द हुने गरेको छ ।
टेलिकमको टावरमा रहेको सोलार व्याट्रीमा व्याकअप क्षमता नभएकाले मोबाईल सेवा समेत बन्द हुँदा स्थानीय बासिन्दा समस्यामा परेका हुन् ।
टेलिकमले टावरमा आवश्यक क्षमताको सोलार जडान गर्न नसक्दा त्यस क्षेत्रका हजारौं जनता एनसेल र भारतीय मोबाईल सिम प्रयोग गरेर सञ्चार सेला लिन बाध्य भएकोे स्थानीय बताउछन् ।
बिद्युत सेवा पुग्न नसकेका टावरहरुमा समस्या रहेको नेपाल टेलिकम डडेल्धुराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्