
काठमाडौं, माघ ६ । ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई नयाँ अक्सिजन प्लान्ट स्थापनाका लागि एक करोड रुपैयाँ सहयोग गरेको छ ।
सहयोग सम्झौतापछि महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पताल ललितपुरको गौरव रहेको भन्दै आगामी दिनमा आवश्यक थप सहयोग दिँदैजाने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर रवि शाक्यले महानगरपालिकाले गरेको सहयोगलाई आफुले सहयोग मात्र नभै उत्कृष्ट उपहारको रुपमा लिएको बताउनुभयो ।
ललितपुर महानगरपालिकाले निकट भविष्यमै पाटन अस्पताललाई शव गृह निर्माणको लागि सहयोग गर्ने पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्