
काठमाडौं, माघ ६ । अमेरिकामा नयाँ राष्ट्रपतिको पदभार ग्रहण गर्न लागेका जो बाइडनले कोभिड यात्रा प्रतिबन्ध कायम राख्ने बताउनुभएको छ ।
ह्वाइट हाउसमा आफ्नो कार्यकालको अन्तिम दिनमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यूरोप र ब्राजिलबाट हुने यात्रा प्रतिबन्ध हटाउने निर्णय गर्नुभएको थियो ।
बाइडेनकी प्रवक्ताले जनस्वास्थ्य मापदण्डहरू बलियो बनाउने योजना रहेकाले अहिले प्रतिबन्ध हटाउने समय नभएको बताउनुभयो ।
अमेरिकाले गत मार्चमा यूरोपबाट र मे महिनामा ब्राजिलबाट हुने यात्रामा प्रतिबन्ध लगाएको थियो ।
सोमबार मात्र ट्रम्पले जनवरी २६ बाट लागु हुने गरि ती देशबाट आउने मानिसलाई अमेरिका प्रवेशमा लाग्दै आएको रोक हटाउने निर्णयमा हस्ताक्षर गर्नुभएको थियो ।
उक्त निर्णयमा चीन र इरानबाट हुने यात्रामा भने प्रतिबन्ध कायम नै राखिएको छ ।
यता बाइडेनको शपथ ग्रहण समारोह अघि अमेरिकाभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
समारोह अघि कुनै अप्रिय घटना हुन नदिन बासिङटन डिसीस्थित संसद भवन बन्द गरिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्