२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


शेयर बजारमा सामान्य करेक्सन


0
Shares

काठमाडौं, माघ ६ । मंगलबार शेयर बजारमा सामान्य अंकले करेक्सन आयो ।

उतारचढावका बीच बजारमा पाँच अंकले गिरावट आउदा नेप्से परिसूचक २३ सय २६ मा ओरोलो लाग्यो ।

यस दिन कारोवार रकम भने उच्च साढे सात अर्ब नजिकको रह्यो ।

मंगलवार निर्जिवन बिमा ५ सय ३५ अंकले उकालो लाग्यो यस्तै व्यापार ३९ र वित्त ३७ अंकले सुधारिंदा अरु सबै समूह रातो रहे ।

यस दिन जिवन विमा समुहमा सबैभन्दा बढी १ सय २४ अंकले गिरावट आउदा अरु समूहमा पनि दोहोरो अंकले नै ओरालो लाग्यो ।

यस दिन ५५ कम्पनीको शेयर मूल्य वद्धि हुँदा १ सय १५ कम्पनीको मूल्यमा गिरावट आयो भने ६ कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

मंगलवार २ सय ६ कम्पनीको १ करोड ६३ लाख बढी कित्ता शेयर ७ अर्ब ४६ करोड बढीमा कारोवार भएको नेप्सेले जनाएको छ ।