४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


प्रदेश १ को हिउँदे अधिवेशन बुधबारबाट शुरु, संसदमा बल प्रयोग गरे प्रतिवाद गर्ने दाहाल-नेपाल समूहको निर्णय


0
Shares

विराटनगर, माघ ६ । प्रदेश १ को नेकपाको दाहाल–नेपाल समूहका सांसदहरुको संसदीय दलको बैठकले ओली समुहका सांसदहरुले बल प्रयोग गरे प्रतिवाद गर्ने निर्णय गरेको छ ।

बुधबारबाट शुरु हुने हिउँदे अधिवेशन अघि विराटनगरमा मंगलबार बसेको बैठकमा उनीहरुले ओली समूहका सासंदहरुले संसदमा मर्यादा विपरितका कामहरु गरे त्यसको प्रतिवाद गर्ने निर्णय भएको सांसद राजेन्द्र राईले जानकारी दिनुभयो ।

प्रदेशसभाका ९३ सदस्यमध्ये नेकपाका ६७ जना सांसद छन् ।

६७ मध्ये दाहाल–नेपाल समूहको बैठकमा ३३ जना सहभागी भएका हुन् ।

यो समूहले आफूहरुलाई ४५ सांसदको समर्थन रहेको दावी गर्दै आएको छ ।

दाहाल–नेपाल समूहले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।

अविश्वास प्रस्तावमा ३७ जनाले हस्ताक्षर गरेकामा ५ जनाले फिर्ता लिइसकेका छन ।