
काठमाडौं, माघ ६ । काठमाडौं महानगरपालिकाले धरहरा पुनःर्निर्माणको नाममा नयाँ टावर बनिरहेको भन्दै असन्तुष्टि जनाएको छ ।
महागरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले धरहरा पुनःर्निर्माणको नाममा इतिहास मेट्ने षडयन्त्र भइरहेको भन्दै असन्तुष्टि जनाउनुभयो ।
मंगलबार संचारकर्मीसँग कुरा गर्दै उहाँले धरहरा पुनःर्निर्माणमा महानगरपालिकाले आफ्नो दायित्व निर्वाह गर्न नसकेको स्वीकार्दै पुनःर्निर्माणको नाममा नयाँ आधुनिक टावर वनाएर धरहराको इतिहास मेट्न खोजेको बताउनुभयो ।
अभियन्ता र सम्पदापे्रमीहरुले पुनःर्निर्माणको नाममा विदेशीले सहयोग गरेको अर्बाै रकम खर्चेर धरहराको ऐतिहासिकता मेटिने गरि नयाँ आधुनिक टावर बनाइरहेकोमा विरोध गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्