 
	    काठमाडौं, माघ ६ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा बढेको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ ।
नेविसंघ अध्यक्ष राजिव ढुंगानाले प्रेस विज्ञप्ति निकालेर नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् ।
आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रूपैयाँका दरले मूल्यवृद्धि गरेको थियो ।
नेपाल आयल निगमले भने भारतबाट पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकाले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थमा मूल्य बढाइएको बताएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्