
काठमाडौं, माघ ७ । भारतले नेपाललाई १० लाख डोज कोरोनाको खोप अनुदानमा दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरि उक्त जानकारी गराएको हो ।
भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ को पहिलो खेप बिहीबार नै आइपुग्ने पनि स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।
मन्त्रालयले खोप आएको एक साताभित्रै लगाउन थाल्ने जनाएको छ ।
खोप अभियान ७७ जिल्लाबाटै शुरु गरिने पनि मन्त्रालयले जनाएको छ ।
भारतले नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार लगायत ६ देशलाई कोरोनाको खोप अनुदानमा दिन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्