
काठमाडौं, माघ ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक अवस्था यस्तो हुनुमा आफुहरुको पनि जिम्मेवारी रहेको स्वीकार्नुभएको छ ।
बुधबार काठमाडौंमा विभिन्न संचार माध्यमका प्रमुख तथा सम्पादकहरु संगको भेटमा आफुले पार्टीमा दर्ता गराएको १९ पृष्ठ लामो प्रतिवेदनमा त्यसको स्वीकार गरेको वताउनुभयो ।
उहाँले अहिलेको समस्या विचार र विधिको भएको भन्दै विगतमा आफुहरुले विचार र विधिमा ध्यान नदिएका कारण यस्तो अवस्था आएको पनि वताउनुभयो ।
उहाँले राजनीतिक नियुक्तिमा योग्यता र क्षमताका आधारमा गर्ने कार्यको थालनी गर्न नसकेको, पार्टी भित्रको प्रजातन्त्रमा ध्यान नदिएका कारण यो अवस्था उत्पन्न भएको पनि बताउनुभयो ।
त्यस अवसरमा अर्का अध्यक्ष माधव कुमार नेपालले राज्य तथा पार्टी संचालनमा सहि प्रक्रिया अपनाउन दलहरु र तिनका नेताहरु चुकेको स्वीकार गर्नुभयो ।
विगतमा राजनीतिमा भएका फोहरी खेलका कारण अहिलेको आन्दोलनमा जनताको साथ नपाएको उहाँको भनाई थियो ।
कार्यक्रममा विभिन्न संचार माध्यमका सम्पादक तथा प्रमुखहरुले आफु अनुकुल हुँदा सम्वीधान मिच्ने र प्रतिकुल हुँदा विरोध गर्ने प्रवृत्ति त्याग्न नेताहरुलाई सुझाव दिनुभयो ।
उहाँहरुले राज्य तथा पार्टी विधि सम्वत तरिकाले संचालन गर्न नसकेको कारण अहिलेको अवस्था आएको उहाँहरुको भनाई थियो ।
वरिष्ट पत्रकार, सम्पादक तथा संचार माध्यमका प्रमुखहरुले दलका नेताहरुले नेतृत्व विकास गर्न नसकेको, प्रत्येक निकायमा चरम राजनीतिकरण गरेको र गुटगत राजनीतिमा लागेको र पदकै लागि छिनाझपटी गरेको कारण अहिलेको अवस्था आएको तर्फ नेताहरुको ध्यानाकर्षण गराएका थिए ।
पत्रकारहरुको ध्यानाकर्षणपछि नेताहरुले अब आईन्दा त्यसो हुन नदिने भन्दै स्वेतपत्र जारी गरेर प्रतिवद्धता व्यक्त गर्ने बताए ।
पत्रकारहरुले पुन २०६२/६३ को आन्दोलनपछि गरेको प्रतिवद्धताको स्मरण गराउँदै नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्