
काठमाडौं, माघ ७ । बुधबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो ।
अघिल्लो दिन सामान्य करेक्सन भएको बजारमा यस दिन फेरी सुधार आएको हो ।
उतार चढावबीच बजार परिसूचक नेप्से १६ अंकले उकालो लागेर २३ सय ४२ को उचाई कायम भयो ।
शुरुवाती कारोबारमै उकालो लागेर नेप्से २३ सय ६२ विन्दु सम्म पुगेर त्यस यता केही शिथिल हुँदै अन्तिममा १५ अंकले सकारात्मक रहेर थामिएको हो ।
यस दिन कारोवार पनि ६ अर्ब माथी नै रह्यो ।
यसदिन जिवन बिमा समूह सबैभन्दा उच्च ७ सय २९ अंकले उकालो लाग्दा निर्जिवन बिमा समूह पनि १ सय ८५ अंकले बढ्यो ।
विकास बैक, जलविद्युत, वित्त समूह पनि दोहोरो अंकले सुधारिए ।
वाणिज्य बैक, व्यापार, होटल, उत्पादनमूलक र अन्य समुह भने ओरालो लागे ।
यस दिन १ सय ४ कम्पनीको शेयर मुल्य बढ्दा ६१ कम्पनीको मूल्यमा गिरावट आएको छ ।
११ कम्पनीको मूल्य स्थिर रहेकोे छ ।
बुधवार बेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताले कमाउँदा बिसाल बजार कम्पनीका लगानीकर्ताले बढी गुमाएका छन् ।
बुधवार २ सय ११ कम्पनीको १ करोड ५९ लाख बढी कित्ता शेयर ६ अर्ब २१ करोड बढीमा कारोवार भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्