
काठमाडौं, माघ ७ । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता शुरु भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको उद्घाटन खेलमा विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेलेका छन् ।
खेल गोलरहित बराबरीमा सकिएको हो ।
दुवै टिमले पाएका सुन्दर अवसरलाई गोलमा परिणत गर्न नसक्दा खेल गोलविहीन भएर सकिएको हो ।
खेलमा पुलिसबाट डेब्यू गरेकी डिफेन्डर पुजा राना प्लेयर अफ दि म्याच चुनिएकी छिन् ।
प्रतियोगिताको दोस्रो दिन बिहीबार दुई खेल हुनेछन् ।
पहिलो खेलमा साविक विजेता सशस्त्र प्रहरीको एपीएफले चन्द्रपुरसँग तथा दोस्रो खेलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिकासँग खेल्नेछ ।
दुवै खेल एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछन् ।
पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा भइरहेको लिगमा ७ टोलीको सहभागिता रहेको छ ।
विजेताले १५ लाख, उपविजेताले ८ लाख, तेस्रोले ५ लाख तथा चौथो हुने टिमले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
सर्वोत्कृष्ट खेलाडीले स्कुटर जित्दा विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्