
सुर्खेत, माघ ८ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गर्नुभएको छ ।
बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उहाँले तीनदिने स्पष्टिकरणको जवाफ दिने आँट ओलीले नगरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी निकाल्ने घोषणा गर्नुभएको हो ।
नेपालले ओलीले कम्युनिस्टको नाम बर्बाद गरेको आरोप लगाउंदै ओलीको कदमविरुद्ध जनसागर उर्लिएको भन्दै ओली समुहमा गएकाहरुलाई फर्कन आह्वान समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्