२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


चालु आर्थिक बर्षको ६ महिनामा निर्यात सामान्य सुधार


0
Shares

काठमाडौं, माघ ८ । चालु आर्थिक वर्षको ६ महिनामा निर्यातमा सुधार भएको छ ।

भन्सार विभागको तथ्याकं अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ६० अर्ब ७९ करोडको वस्तु निर्यात भएको छ ।

यो अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले बढि हो ।

यस्तै यसै अवधीमा आयात ६ खर्ब ६१ अर्बको भएको छ ।

आयात अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब ५ प्रतिशतलले घटेको हो ।

चालु आर्थिक वर्षको पौष मसान्तसम्मको अवधीमा व्यापार घाटा ५ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ ।

अघिल्लो वर्ष यसै अवधीमा ५७ अर्ब २७ करोडको वस्तु निर्यात हुँदा ६ खर्ब ९५ करोडको वस्तु आयात भएको थियो ।

तर चालु आर्थिक वर्षमा भने निर्यातमा सुधार आउँदा व्यापार घाटामा कमी आएको हो ।

यस वर्ष सबैभन्दा बढि पेट्रोलियम पदार्थ आयात भएको छ भने सोयाबिन तेल सबैभन्दा बढि निर्यात भएको छ ।

यस अवधीमा पेट्रोलियम पदार्थ ८० अर्ब ६० करोडको आयात भएको छ ।

यो कुल निर्यात भन्दा २० अर्ब बढि हो ।

यस्तै यसै अवधिमा आईरन तथा स्टिलजन्य वस्तु ६३ अर्ब ४८ करोडको, ईलेक्ट्रिक वस्तु ५३ अर्ब २४ करोडको, मेसिनरी वस्तु ५१ अर्ब २२ करोडको आयात भएको विभागको तथ्याकं छ ।

यसै अवधिमा तरकारी १९ अर्ब २२ करोडको आयात भएको छ ।

यसैगरी, १६ अर्ब ४७ करोडको मिक्स जुस निर्यात हुँदा ११ अर्ब ५६ करोडकोे सोयाबिन तेल निर्यात भएको भन्सार विभागको तथ्याकं छ ।

चालु र्आिर्थक वर्षको पहिलो ६ महिनामा ७ खर्ब २२ अर्बको वैदेशिक व्यापार भएको छ ।

यस अवधीमा कुल वैदेशिक व्यापारको ९ प्रतिशत निर्या हुँदा ९१ प्रतिशत आयात भएको भन्सार विभागले जनाएको छ ।