शेयर बजारमा ऐतिहासिक रेकर्ड कायम हुने क्रम जारी • Image Khabar Image Khabar


शेयर बजारमा ऐतिहासिक रेकर्ड कायम हुने क्रम जारी


Imagekhabar
८ माघ २०७७, बिहीबार १९:४२

शेयर बजारमा ऐतिहासिक रेकर्ड कायम हुने क्रम जारी

काठमाडौं, माघ ८ । बुलिस ट्रेण्डमा रहेको शेयर बजारमा ऐतिहासिक रेकर्ड कायम हुने क्रम बिहीबार पनि जारी रह्यो ।

नेप्से ३१ अंकले उकालो लागेर २३ सय ७४ को नयाँ उचाई कायमभयो ।

यस दिन कारोबारमा पनि सुधार आयो ।

यसदिन कारोबार भएका अधिकांश समुहमा सुधार आयो ।

जीवन बिमा समुहमा सबैभन्दा उच्च ५ सय ४० अंकको बृद्धि आयो ।

निर्जिवन बिमा समुह पनि ४ सय ४३ अंकले उकालो लाग्यो ।

होटल, विकास बंैक, वित्त, जलविद्युत, उत्पादनमुलक, अन्य र लघुवित्त समुहमा दोहोरो अंकको सुधार आयो ।

यस दिन मात्र सामुहिक लगानी कोष र वाणिज्य बैंक समुह सामान्य अंकले रातो रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३६ कम्पनीको शेयर मुल्य बढ्दा २८ कम्पनीको शेयर मुल्य घट्यो ।

सर्पाेट माईक्रोफाईनान्स वित्तिय संस्थाका शेयर धनीले बढि कमाउदा नारायणी विकास बैंकका शेयरधनीले बढि गुमाए ।

यसदिन २ सय ९ कम्पनीको १ करोड ८१ लाख कित्ता शेयर ७ अर्ब ७९ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्