तातोपानी नाका २० दिनकालागि बन्द • Image Khabar Image Khabar


तातोपानी नाका २० दिनकालागि बन्द


Imagekhabar
८ माघ २०७७, बिहीबार १९:५०

तातोपानी नाका २० दिनकालागि बन्द

काठमाडौं, माघ ८ । बिहीबारदेखि २० दिनका लागि तातोपानी नाका बन्द हुने भएको छ ।

सीमामा रहेको मितेरी पुल पुनःनिर्माण गर्न नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

बाढीले क्षति पुर्‍याएको पुल पुनःर्निर्माण गर्न लागिएको जनाइएको हो ।

पहिलेकै बाढीले क्षति पुर्‍याएको पुलको एक भागामा केही दिन अघिको बाढीले थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको हो ।

पुल मर्मतका लागि नाका बन्द हुने भएपछि बाटोमा रहेका सामानहरु नेपाल भित्र्याइएको पनि भन्सारले जनाएको छ ।

तातोपानी रुट भएर आउने बाटोमा अब कुनै मालबाहक सवारी साधन नरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्