
काठमाडौं, माघ ८ । वैदेशिक रोजगारीका लागि नेपाली कामदारलाई इजरायल पठाउने बाटो खुलेको छ ।
बिहीबार नेपाल र इजरायलबीच नेपाली कामदार अपूर्ति गर्ने एमओयुमा हस्ताक्षर भएसँगै नेपाली कामदार वैदेशिक रोजगारीमा पठाउने बाटो खुला भएको हो ।
प्राटोकलमा नेपालका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहाल र इजरायलको तर्फबाट नेपालका लागि इजरायली राजदूत हनान गोडरले एमओयूमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार नेपाली कामदारहरु केयर गिभर, नर्सिङ होम, अस्पताल, दिवा सेवा केन्द्र लगायतका लागि जान सक्ने छन् ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले नेपाल कृषिप्रधान देश भएकाले कृषिको जनशक्ति इजरायल पठाउन सके श्रमका साथै सिप पनि सिकेर आउने र उक्त सिप नेपालमा प्रयोग हुनसक्ने विश्वास व्यक्त गर्नुभयो ।
सम्झौता अनुसार नेपाली कामदारले ईजरालकै श्रम कानुन अनुसारकै सुविधा पाउने छन् । वैदेशिक रोजगार विभागले नेपाली कामदारलाई इजरायल पठाउने प्रक्रिया चाडै शुरु गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्