
काठमाडौं, माघ ९ । प्रधानसेनापति पूर्णचन्द्र थापाले देशको वर्तमान परिस्थितिबाट विकसित हुने सक्ने सुरक्षा चुनौतिका लागि तयार रहन उच्च अधिकृतहरुलाई निर्देशन दिनुभएको छ ।
नेपाली सैनिक वार कलेज, नगरकोटमा संचालित हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको जंगी अड्डा भद्रकालीमा समापन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
प्रधानसेनापति थापाले सुरक्षा चुनौतिको सुक्ष्म अनुगमन गर्दे संविधान प्रदत्त जिम्मेवार बहन गर्न निर्देशन दिनुभयो ।
संवैधानिक दायित्व निर्वाह गर्न सेना सदैव तयार रहेको भन्दै उहाँले सेनालाई पद्धति र प्रणालीमा आधारित संस्थाको रुपमा विकास गर्ने बताउनुभयो ।
विगतको उपलब्धिलाई संस्थागत गर्दे वर्तमान र भावी चुनौतीहरुलाई सामना गर्न सबै जना इमानन्दार र सिर्जनात्मक हुनु पर्ने प्रधानसेनापति थापाको भनाइ थियो ।
राष्ट्रिय सुरक्षा नीति विकसित हुने राष्ट्रिय प्रतिरक्षा र राष्ट्रिय सैनिक रणनीति सेनाको लागि महत्वपूर्ण मार्ग निर्देशनसमेत भएको उहाँले बताउनुभयो ।
महासेनानी दर्जालाइ मात्र दिइने यो तालिम हालसम्म ५ महिलासहित २ सय ८ जनाले सम्पन्न गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्