१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निर्वाचनमा जुट्न सबै दलहरुलाई आह्वान : थापा


26
Shares

चितवन, माघ ११ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मध्यावधी निर्वाचनमा जुट्न सबै दलहरुलाई आह्वान गर्नुभएको छ ।

आइताबर भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले यदी देश चुनावमा नगए देशमा अझ बढी अस्थिरता, अराजकता र मुठभेड आउने बताउनुभयो ।

सर्वसत्तावादलाई तह लगाउन पनि चुनावमा जानुपर्ने अध्यक्ष थापाको तर्क छ ।

राप्रपाको अहिले नै चुनाव माग नभए पनि अप्रत्याशित घोषणा गरिएको चुनाव स्वीकार्नु पर्ने र अबको चुनावले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको अवस्था के रहन्छ भन्ने निक्र्योल गर्ने उहाँको भनाइ छ ।

अदालतमा विचाराधीन रहेको मुद्दाको बहस र सुनुवाई लामो समयसम्म रहिरहँदा देशभित्र कै र विदेशी शक्तिहरुको चलखेल बढ्ने भएकाले अदालतले यसको निर्णय जतिसक्दो चाँडो गर्नुपर्ने अध्यक्ष थापाको भनाई छ ।