
काठमाडौं, माघ ११ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि जन्य वस्तुहरुको आयात निर्यातमा सन्तुलन कायम गर्न भन्सारलाई अनलाइन प्रणालीमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
कृषि तथा खाद्य पदार्थ आयातमा अनुमति र अन्य प्रकृया सम्बन्धमा भन्सार विभाग र मन्त्रालय मातहतका ब्यवस्थापन केन्द्रबीच अनलाइन प्रणाली मार्फत काम गर्ने सम्झौता भएको छ ।
भन्सार जाँचपास गर्दा हुने असहजतालाई अनलाइन प्रणालीले सहजता सिर्जना गर्ने र आयात निर्यातलाई सन्तुलन कायम गर्न मद्दत पुर्याउने मन्त्री अर्यालको विश्वास छ ।
मन्त्रालयका निकायहरु र भन्सार विभागबीच भएको सम्झौताले आयात निर्यात प्रक्रिया अनलाइन प्रविधिको कार्यान्वयनको चरणमा प्रवेश भएको मन्त्री आर्यालले बताउनुभयो ।
यो प्रणाली लागू भएपछि बाह्य मुलुकबाट कुनैपनि वस्तुको आयात गर्दा सम्बन्धित विभागबाट भौतिक रुपमा उपस्थित भई अनुमति लिनुपर्ने अवस्थाको अन्त्य भएको पनि मन्त्री अर्यालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्