
काठमाडौं, माघ ११ । प्रतिनिधिसभा विघटनविरुद्ध कमल पोखरीको हिलो माटो मुखमा दलेर नागरिक आन्दोलन हुने भएको छ ।
वृहत नागरिक आन्दोलनले सोमबार कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुको हातबाट पोखरीको हिलो माटोको टिका लगाएर आन्दोलनको शुरुवात गर्न लागेको हो ।
‘बालुवाटार मार्च’ कार्यक्रम मार्फत प्रधानमन्त्री निवास बालुवाटारमा विरोध प्रदर्शन गर्न लागिएको हो ।
विरोध कार्यक्रममा कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक व्यक्तित्व, पत्रकार, पेशाकर्मी र नागरिक अभियन्ताहरुको सहभागी रहने जनाइएको छ ।
वर्तमान सरकारको निरंकुशता, स्वेच्छाचारी र प्रतिगमनकोविरुद्ध सडक आन्दोलनमा सहभागी हुन वृहत नागरिक आन्दोलनले सबैलाई आह्वान समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्