१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


महालेखाको तथ्याकं अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा ८ अर्ब खर्च


0
Shares

काठमाडौं, माघ ११ । महालेखा नियन्त्रक कार्यालयले हालसम्म कोरोना रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारको तर्फबाट ८ अर्ब ५९ करोड रुपैयाँ खर्च भएको जनाएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याकं अनुसार नेपालमा कोरोनासुरु भएदेखि स्वास्थ्य सामाग्री खरिद, क्वारेन्टिन लगायतका क्षेत्रमा संघीय सरकार तथा प्रधानमन्त्री कार्यालयअन्तर्गतको कोरोना रोकथाम तथा नियन्त्रण कोषमार्फत ८ अर्ब ५९ करोड मात्रै खर्च भएको देखिएको छ ।

संघीय सरकारले चालु आर्थिक वर्षमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि ६ अर्ब २५ करोड छुट्टाएको थियो ।

यसमध्ये हालसम्म २१.६ प्रतिशत अर्थात १ अर्ब ३५ करोड खर्च भएको छ ।

यस्तै प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको कोषमा २ अर्ब ९० करोड संकलन भएको मध्ये २ अर्ब ४४ करोड खर्च भएको र ४६ करोड बाँकी रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याकं छ ।

असार मसान्तसम्मा ४ अर्ब ८० करोड खर्च भएको थियो ।

यसरी हालसम्म कोरोना रोकथाम नियन्त्रणका लागि मात्रै संघिय सरकारबाट ८ अर्ब बढि खर्च भएको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले जानकारी दिनुभयो ।

सरकारले यसअघि नै कोरोना संक्रमण तथा नियन्त्रणको लागि १० अर्ब लागेको बताएको थियो ।