
काठमाडौं, माघ ११ । पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रतिकूल राजनीतिक वातावरणमा तोकिएको मध्यावधि निर्वाचन समयमा हुन नसक्ने टिप्पणी गर्नुभएको छ ।
काठमाडौंमा आइतबार भएको सात्क्षात्कारमा पूर्वप्रमुख निर्वाचन आयुक्त डा. यादवले सरकारले आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेपनि आवश्यक वातावरण बन्न नसकेकाले तोकिएकै समयमा निर्वाचन हुन कठिन रहेको टिप्पणी गर्नुभयो ।
उहाँले प्रतिनिधिसभा विघटनसम्बन्धी अदालतामा विचाराधिन मुद्दा र सहज राजनीतिक वातावरणले मात्र निर्वाचनको सुनिश्चितता हुने जिकिर गर्नुभयो ।
अदालतमा विचाराधिन मुद्दा र प्रतिकूल राजनीतिक वातावरणकाबीच निर्वाचन आयोगले आवश्यक तयारी गर्न नसक्ने पूर्वप्रमुख निर्वाचन आयुक्त डा. यादवको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्