१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टेलिकमको बिटीएस टावरबाट लाखौं रुपैयाँ पर्ने सामान चोरी गर्ने गिरोह पक्राउ


0
Shares

सप्तरी, माघ ११ । नेपाल टेलिकमको बिटीएस साइट (टावर)मा लाखौं रुपैयाँ पर्ने सामान चोरी गर्ने गिरोहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार पत्रकार सम्मेलन गर्दै चोरीमा संलग्न ४ जनालाई सार्वजनिक गरेको हो ।

सिरहाको लहान नगरपालिका–१३ सरस्वती टोलका राकेश यादव, सोही नगरपालिका–३ ढगराहाका सूर्यनारायण महतो, सोही वडाका पवन जैसवाल र गोलबजार नगरपालिका–४ का ४१ दिपक अग्रवाललाई पक्राउ गरिएको छ ।

पक्राउ परेकामध्ये यादवले गत पुस २३ गते सुरुङ्गा नगरपालिका–२ हर्दियामा रहेको नेपाल टेलिकमको जिएसएम टावरमा प्रयोग भएको करिब १० लाख मुल्य पर्ने २४ थान ब्याट्री तथा ३५ एमएमको २० र अर्थिङ केवल २५ मिटर लगेका थिए ।

अन्य तीन जनाले भने यादवलाई ती सामानहरु निकाल्न र खरिद–विक्री गर्नमा सहयोग रहेको अनुसन्धानबाट खुलेको एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट सामन ओसार्ने एउटा मिनी ट्रक र ७ वटा ब्याट्री बरामद गरिएको छ भने अन्य १७ वटा ब्याट्री भारततर्फ पठाइसकेको जनाइएको छ ।