
रोमन आचार्य (इमेज)
काठमाडौं, माघ ११ । वाक पटुकतामा माहिर, उखान टुक्काको शिलशिलेवर प्रयोग गर्दै तिखो शब्दवाणले घोच्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण कला हो ।
तर, स्वतन्त्र अदालत, वौद्धिक वर्ग, सञ्चारकर्मी तथा आफूइतर सर्वसाधारण जनतालाई गाली गर्नु ओलीको दैनिकी जस्तै बनेको छ ।
कार्यकारी प्रमुखको स्तरहिन र उत्तेजक भाषणले भने उनैले भन्ने गरेको संस्कार आफैले लागू गर्न नसकेको प्रष्ट हुन्छ ।
आफू अनुकूल समाचार प्रकाशन प्रसारण नगर्ने, ‘तिमी’ शब्द प्रयोग गरी समाचार बनाउने पत्रकार र सञ्चारमाध्यको बास नर्कमा हुनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहाना छ ।
गरिमामय राष्ट्रिय सभामा उभिएर प्रतिनिधि सभा विघट्न मुद्दा राजनीतिक भएकाले अदालतले खारेज गर्नुपर्ने उहाँको धारणा थियो ।
प्रधानमन्त्री ओलीले न्यापालिकाको स्वतन्त्रतामा मात्र होइन न्यायमूर्तीहरुको क्षमतामा समेत औंला उठाउनुभएको छ ।
अदालतमा विचाराधिन मुद्दामा प्रश्न उठाउने अधिकार कसैलाई छैन ।
तर, उहाँ सञ्चारकर्मीदेखि अदालतसम्मलाई पाठ पढाएको भ्रममा हुनुहुन्छ ।
जुन सरासर संवैधानिक मर्यादा विपरित हो ।
उहाँको निशानामा ६ दशकदेखि न्यायिक क्षेत्रमा काम गरिरहनुभएका ९४ वर्षीय वकिलदेखि, बुद्धिजीवी र आफ्नो समर्थक बाहेकका सर्वसाधारण नागरिकसम्म पर्दछन् ।
ओलीको यस्तो हर्कतले कामचलाउ सरकार प्रमुखमा ‘मत्ता हात्ती’ किन सवार भएको भन्ने स्वभाविक प्रश्न खडा भएको छ ।
कार्यकारी प्रमुखको स्तरहीन र जगहसाउने अभिव्यक्तिलाई लगाम लगाउनुपर्ने माग उठ्न थालेको छ ।
जसका लागि सडक संघर्षलाई विकल्पको रुपमा हेरिएको छ ।
वरिष्ठ अधिवक्ता अर्याल भने त्यो शक्ति अदालतसँग भएको तर्क गर्नुहुन्छ ।
प्रधानमन्त्री ओलीलाई स्वेच्छाचारी बनाउने मुख्य भुमिका पुष्पकमल दाहाल र माधव नेपाल समूहको हो, जसमा अन्य राजनीतिक दलहरु पनि अछुतो छैनन् ।
राजनीतिक स्वार्थमा लिप्त भएर स्तरहीन भाषणमा ताली बजाउने अन्धभक्तहरुको झुण्ड पनि अर्को कारक तत्व हो ।
तर, प्रधानमन्त्री संस्थाको इज्जतको धज्जी उडाउँदै दिनप्रतिदिन संविधानदेखि सर्वसाधारण सम्मको हुर्मत लिने बेलगाम बोली प्रधानमन्त्री ओलीबाट आउनु किमार्थ राम्रो होइन ।
भिडियो हेर्नुहोस्
भिडियो : सानु माली
प्रतिक्रिया दिनुहोस्