
काठमाडौं, माघ ११ । बुलिस ट्रेण्डमा रहँदै आएको शेयर बजारमा आइतबार पनि कीर्तिमान कायम हुने क्रम जारी रह्यो ।
बजार परिसूचक नेप्से ५० अंकले उकालो लागेर २४ सय २४ को उचाई कायमभयो ।
कारोबार पनि सवा ९ अर्ब माथी रह्यो ।
यस दिन व्यापार समुह बाहेक अरु सबै समुह उकालो लागे ।
निर्जीबन बीमा समुह सबैभन्दा उच्च २ सय २१ अंकले उकालो लाग्दा जीवन बिमा समुहमा पनि १ सय ६५ अंकको बृद्धि आयो ।
अन्य र लघुवित्त समूह पनि सय अंक बढीले उकालो लागे । अरु समुह पनि दोहोरो अंकले उक्लिए ।
यसदिन पोखरा फाईनान्स कम्पनीले सबैभन्दा बढि कमाउँदा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका शेयर धनीले सबैभन्दा बढि गुमाउन पुगे ।
यसदिन २ सय ७ कम्पनीको १ करोड ९२ लाख कित्ता शेयर ९ अर्ब ३१ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्