१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


मेनपावरमा छापा, २२ जनाको शंकास्पद फारम बरामद


0
Shares

काठमाडौं, माघ १२ । पछिल्लो समय अवैध रुपमा नेपाली युवा कतार प्रहरीमा रोजगारीको लागि जाने क्रम बढे पछि बैदेशिक रोजगार विभागले अनुगमन बढाएको छ ।

विभागले सोमबार काठमाडौं सिनामंगलस्थित म्यानपावर कम्पनी कल्याण सेक्युरिटी सर्भिसेजमा छापा मारेर २२ जनाको शंकास्पद फारम बरामद गरेको छ ।

कतार प्रहरीमा अवैध रुपमा पठाउन भन्दै अन्तरवार्ता लिएको सूचनाका आधारमा विभागले छापा मारेको जनाएको छ ।

यसरी अन्तरवार्तामा पास भएकाहरुलाई लाखौं असुलेर भारतको बाटो हुँदै कतार पुर्‍याउने काम भइरहेको विभागको आशंका छ ।

विभागले गैर कानूनी रुपमा श्रमकालागि विदेश जाने कुरा अमान्य हुने भन्दै यो कदम तत्काल रोक लगाउने जनाएको छ ।