१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाबाट स्वास्थ्य मन्त्रालयका एक कर्मचारीको मृत्यु


0
Shares

काठमाडौं, माघ १२ । कोरोना संक्रमणका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक कर्मचारीको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयमा कम्प्युटर अधिकृतको रुपमा कार्यरत ललितपुर गोदावरीका ५१ वर्षीय कृष्णगोपाल श्रेष्ठको मृत्यु भएको छ ।

वीर अस्पतालमा उपचाररत श्रेष्ठको सोमबार दिउँसो मृत्यु भएको हो ।