२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


पोखरामा माघ २७ गतेदेखि राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुने


0
Shares

पोखरा, माघ १२ । पोखरामा यही माघ २७ देखि फागुन १ गतेसम्म राष्ट्रियस्तरको महिला तथा पुरुष क्लबस्तरीय भलिवल प्रतियोगिता हुने भएको छ ।

टाइगर ग्रुप अफ पोखराले आज पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिता पोखरा रंगशालामा हुने जनाएको छ ।

गु्रपका अध्यक्ष नारायणप्रसाद शर्माले महिलातर्फ चार र पुरुषतर्फ चार गरी ८ टिमको सहभागिता रहने जानकारी दिनुभयो ।

राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरीबल, त्रिभुवन आर्मी क्लव, नेपाल प्रहरी र न्यू डायमन्डको सहभागिता रहने छ ।

यसै गरी पुरुषतर्फ सशस्त्र प्रहरी, त्रिभुवन आर्मी, नेपाल प्रहरी र गण्डकी प्रदेशको सहभागिता रहने जनाइएको छ ।