
बुटवल, माघ १२ । नेपाल कम्युनिस्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य वर्षमान पुनले निर्वाचन कार्याकारीको अगाडि आयोग लाचार बनेको आरोप लगाउनु भएको छ ।
नेकपाको बैधानिकताका विषयमा आयोगले गरेको निर्णयप्रति टिप्पणी गर्दै उहाँले आयोगले आफ्नो संबैधानिक कानूनी अधिकारको प्रयोग गर्न नसकेको बताउनुभयो ।
बुटवलमा आइतबार अयोजित उहाँले आयोग जिम्मेवारीबाट पन्छिएको भन्दै आयोगको क्षमतामाथि प्रश्न उठाउनुभयो ।
नेकपाको ४ सय ४१ जना केन्द्रिय सदस्यलाई मान्यता दिएको आयोगले, ७० प्रतिशत बढीको हस्ताक्षरमा भएको निर्णयलाई वैधानिकता दिनुपर्ने पुनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्