
काठमाडौं, माघ १२ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपमानित अभिव्यक्तिहरु नदिन चेतावनी दिएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले संसद विघटनको विरोध गर्नेहरू देश विरोधी भएको भनि दिएको अभिव्यक्तिमा आपत्ति जनाउनुभएको हो ।
विज्ञप्तिमा फरक मत राख्ने र विरोध प्रकट गर्नु संविधानले प्रदान गरेको नैसर्गिक अधिकार भन्दै प्रधानमन्त्रीको टिप्पणी अलोकतान्त्रिक र अधिनायक आकांक्षाको उपज भएको आरोप लगाइएको छ ।
अदालतको स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयत्नमा ओली लागेको भन्दै विज्ञप्तिमा पूर्व प्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रताविरुद्धको बर्बराहट भएको उल्लेख छ ।
विज्ञप्तिमा प्रधानमन्त्री ओलीका पछिल्ला कैयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउंदै लगेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्