२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


शहीदस्मारक जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु


0
Shares

काभ्रे, माघ १२ । श्रीदलिञ्चोक भलिबल क्लवको आयोजनामा काभ्रेको पनौती नगरपालिका–६ मा शहीदस्मारक जिल्लास्तरीय खुला भलिबल प्रतियोगिता सुरु भएको छ ।

कोरोना महामारी सुरु भएसँगै ठप्प रहेको खेलकुद गतिविधिलाई सुचालु गर्न प्रतियोगिता आयोजना गरिएको संयोजक कुमार वस्नेतले जानकारी दिनुभयो ।

जिल्लाका १५ टिमको सहभागिता रहेको भलिबल प्रतियोगितामा विजेता टिमले ३० हजार, ट्रफी र मेडल प्राप्त गर्नेछ भने दोस्रो हुनेले २० हजार, तेस्रो र चौथो टिमले १०÷१० हजार रुपैंया ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

कार्यक्रमको उद्घाटन गर्दै पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै पनौतीमा निर्माणाधिन क्षेत्रीय रंगशाला निर्माण सम्पन्न भएपछि खेल क्षेत्रको विकासमा ठुलो सफलता प्राप्त हुने बताउनुभयो ।

भलिबल प्रतियोगिता आगामी १६ गते सम्पन्न हुने बताइएको छ ।