१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


भूकम्पमा खिचेका फोटोहरु संग्रहित ‘४२५’ नामक पुस्तक सार्वजनिक


0
Shares

काठमाडौं, माघ १२ । फोटो पत्रकार कुमार श्रेष्ठले वि.स. २०७२ सालको बिनासकारी भूकम्पमा खिचेको फोटोको संकलन रहेको पुस्तक सार्वजनिक भएको छ ।

अमेरिकामा रहेको नेपाली दुतावासमा राजदुत अर्जुनकुमार कार्की र अमेरिका नेपाल सोसाइटीका अध्यक्ष प्रभा भट्टराईले पुस्तकको संयुक्त रुपमा सार्वजनिक गर्नुभयो ।

‘४२५’ नाम दिइएको पुस्तकमा बिनासकारी भूकम्पको बेलामा खिचिएका २ सय वटा फोटोहरु समावेश गरेको छ ।

निकट भविश्यमा नेपालमा नै पुस्तक मुद्रण गरिने बताउँदै श्रेष्ठले हाल अमेजन अनलाइनबाट किन्न सकिने बताउनुभयो ।

पुस्तक बिक्रीबाट आउने रोयल्टी रकम स्वरवेय फाउन्डेशन, अमेरिका नेपाल सोसाइटी र सामाजिक कार्यमा खर्च गर्ने जनाइएको छ ।