१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनी प्रदेशमा खोप पुग्यो


0
Shares

बुटवल, माघ १२ । लुम्बिनी प्रदेशका लागि कोरोनाविरुद्धको खोप बुटवल पुगेको छ ।

३९ हजार ४ सय ९५ जनाका लागि हिजो मध्यरात खोप बुटवल पुगेको र जिल्लाहरुमा पठाउने तयारी गरिएको लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना विरुद्धको खोप अहिले बुटवलको नेपालगञ्ज रोडमा रहेको आपूर्ति व्यवस्थापन केन्द्रमै आवश्यक चिस्यान मापन गरेर राखिएको छ ।

खोप कार्यान्वयनको सम्बन्धमा संघीय सरकारको स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्यसँग सम्बन्धीत निकायहरु बीच भर्चुअल माध्यमबाट छलफल भएको थियो ।

प्रदेशका जिल्लाहरुमा माघ १४ गतेदेखि तराइका ६ जिल्लामा वितरण गरिने र १८ गते पहाडी जिल्लामा खोप अभियान सञ्चालन गरिने जनाइएको छ ।