१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम चरणमा


0
Shares

काठमाडौं, माघ १२ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशनको अन्तिम चरणमा रहेको जनाएको छ ।

यसअघि बोर्ड माघ १० भित्र नतिजा प्रशासन गर्ने जनाएको थियो ।

केही विद्यालयले ‘माक्स फाइल’ व्यवस्थित नबनाएको, उत्तरपुस्तिका क्रमशः नराखेको, एउटा विषयको उत्तरपुस्तिका अर्को विषयमा राखेर पठाएकोलगायतका कारण नतिजामा ढिलाइ भएको बोर्डले जनाएको छ ।

यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो  ।

कतिपय विद्यालयका शिक्षकले पूर्णांकभन्दा बढी नम्बर दिएका छन् भने आन्तरिक मूल्यांकनमा समेत तोकिएभन्दा बढी नम्बर पठाएका छन्  ।

मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा सुरु भएको थियो  ।

यस वर्ष ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको हो  ।

त्यस्तै, ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधार लिइने र २० प्रतिशत आन्तरिक मूल्यांकन हुने भएको छ  ।

सबै परीक्षार्थीलाई होम सेन्टर हुने गरी चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

यस वर्ष जेठसम्म कक्षा सञ्चालन गरी असारमा परीक्षा गर्न सकिने बोर्डले जनाएको छ ।