२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


नेप्से दोहोरो अंकले उकालो लाग्यो


0
Shares

काठमाडौं, माघ १२ । सोमबार पनि शेयर बजारमा सुधार जारी रह्यो ।

यस दिन पनि बजार परिसूचक नेप्से दोहोरो अंकले उकालो लागेर उचाईको कीर्तिमान कायम रहने क्रम जारी रह्यो ।

उतार चढावकाबीच नेप्से १६ अंकले बढेर २४ सय ४० मा पुग्यो ।

कारोवार पनि नौ अर्ब नजिक रह्यो ।

यसदिन बैक, व्यापार, निर्जिवन बिमा र अन्य समुह दोहोरो अंकले सुधारिदा जिवन बिमा, लघुवित्त, होटल, विकास बैक, जलविद्युत, वित्त, उत्पादनमूलक समूह ओरालो लागे ।

यस दिन ६२ कम्पनीको शेयर मुल्यमा बृद्धि हुदा १ सय ७ कम्पनीको मुल्यमा गिरावट आएको छ ।

सात कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

यसदिन सिटिजन इन्भेष्टमेन्स ट्रस्टका लगानीकर्ताले सबैभन्दा धेरै कमाउदा श्री इन्भेष्टमेन्ट फाइनान्सका लगनीकर्ताले बढी गुमाएका छन् ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ८ कम्पनीको १ करोड ९२ लाख कित्ता शेयर ८ अर्ब ९० करोड बढीमा कारोवार भएको एक्सचेन्जले जनाएको छ ।