७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


निर्वाचनको खर्च फजुल हैन : अर्थमन्त्री पौडेल


13
Shares

काठमाडौं, माघ १२ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रुपमा चित्रण नगर्न आग्रह गर्नुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले छिटो निर्वाचन गरेर सरकारले फजुल खर्च बढाउन खोजेको रुपमा मध्यावधि निर्वाचनलाई चित्रण नगर्न आग्रह गर्नुभएको हो ।

निर्वाचनका लागि खर्च हुँदा स्वभाविक रुपमा आर्थिक क्रियाकलाप बढ्ने भएकाले अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने उहाँले बताउनुभयो ।

निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीहरुलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाई सहयोग गर्ने अर्थमन्त्री पौडेलको भनाई छ ।

निर्वाचनले राजनीतिक स्थायित्व र स्थिरतालाई खण्डित गर्‍यो भन्ने बुझाई गलत भएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो ।

जनता, राष्ट्र, प्रगति र समृद्धिप्रति समर्पित अनुशासित प्रतिनिधि सभाको निर्माण गर्नका लागि मध्यावधि चुनाव आव्हान गरिएको पनि अर्थमन्त्री पौडेलले स्पष्ट पार्नुभएको छ ।