
काठमाडौं, माघ १२ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्यमी व्यवसायीहरुका समस्या तथा कठिनाई पहिचान गरी निराकरण गर्न नवनिर्मित समितिले नेतृत्वदायी भुमिका निर्वाह गर्नेमा आफू विस्वस्त रहेको बताउनु भएको छ ।
सोमबार महासंघको विभिन्न जिम्मेवारीमा चयन भएका सदस्यहरुलाई औपचारिक पत्र हस्तान्तरण गर्दै गोल्छाले समितिको जिम्मेवारी निकै गहन भएकाले सोहि अनुसार काम गर्न आग्रह गर्नुभयो ।
यसैबीच नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य सन्दिपकुमार अग्रवालको सभापतित्वमा कर तथा राजश्व समिति विस्तार गरेको छ ।
प्रतिक्रिया दिनुहोस्