
चितवन, माघ १३ । चितवनको रत्ननगर नगरपालिकामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्गको रत्ननगर– १० हरिहर मन्दिर अगाडी बा २ ख ५६७४ नम्वरको विद्यार्थी बोक्न प्रयोग गरिएको भाडाको बसले बा ९२ प ५२०४ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ठक्करबाट मोटरसाइकल चालक सोलुखुम्बु टापटिङ – ५ का २४ वर्षीय अनिल मगर र पछाडि बसेका धरान नगरपालिका– ९ सुनसरीका २० वर्षीय गौरब राईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले जानकारी दिनुभएको हो ।
ठक्कर दिने चालक फरार रहेकोे प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्