
काठमाडौं, माघ १३ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै समूहले गरेको हेरफेरलाई अस्वीकार गर्दिएपछि दुबै समूह आ–आफ्नो रणनीति बनाउन व्यस्त छन् ।
आइतबार बसेको आयोग पदाधिकारी बैठकको निर्णयानुसार सोमबार केपी ओली अध्यक्ष रहेको नेकपा र दाहाल अध्यक्ष रहेको नेकपा दुबैलाई पत्र पठाइएको हो ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐनको नियम २५ को उपनियम (५) अनुसार दुबै समूहको दाबी अस्वीकृत गर्दै नियम २५ को उपनियम (६) बमोजिम दलको साविकको विवरण नै कायम रहको पत्रमा उल्लेख छ ।
हेर्नुस्, पत्रको पूर्ण विवरण,
प्रतिक्रिया दिनुहोस्