१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओली समूहको बयलगाडा चुनाव चिन्ह : माधव नेपाल


0
Shares

पाँचथर, माघ १३ । नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी फुटाएर बयलगाडा चुनाव चिन्ह राख्न सुझाव दिनुभएको छ ।

पाँचथरको फिदिममा नेकपाको वृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई मंगलबार सम्वोधन गर्दे नेता नेपालले पार्टीको आधिकारिकतासँगै सूर्य चिन्ह आफूहरुले पाउने दाबी गर्नुभयो ।

उहाँले ओली प्रतिगामी, संघीयता र गणतन्त्र विरोधी भएकाले पाटीको चिन्ह बयलगाडा राख्न सुझाव दिनुभयो ।

अध्यक्ष नै बन्ने मन भए ओली गुटको अध्यक्ष लेख्न भन्दै अध्यक्ष नेपालले ओलीलाई निर्वाचनबाट आएको तानाशाही भएको आरोप लगाउनुभयो ।

अध्यक्ष नेपालले सुवास नेम्बाङ सभामुखहुँदा संसद भंग गर्न पाईँदैन् भन्ने तर ओलीको गुटमा गएपछि चुप लागेर बसेको भन्दै आफैतिर आउन आग्रह गर्नुभयो ।

नेता जनार्दन शर्मा प्रभाकरले सामन्तवादी प्रवृतिकाविरुद्ध सवै एकजुट भएर लडनुपर्ने बेला आएको भन्दै अहिलकोे परिस्थितिमा चुनाव हुनै नसक्ने दावी गर्नुभयो ।