१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सप्तरीमा गजेन्द्रनारायण सिंह अस्पताल र रुपनीस्थित प्रहरी अस्पतालमा कोरोनाको खोप लगाइने


0
Shares

सप्तरी, माघ १३ । भारत सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई दिएको कोरोनाविरुद्धको ८ हजार ३ सय ३० डोज खोप मंगलबार सप्तरी आइपुगेको छ ।

पहिलो चरणमा प्रदेशबाट ८ सय ३३ भाइल अर्थात ८ हजार ३ सय ३० डोज खोप कार्यालयमा आइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पहिलो चरणअन्तर्गत सप्तरीमा बुधबारबाट गजेन्द्रनारायण सिंह अस्पताल र रुपनीस्थित प्रहरी अस्पतालबाट अग्रमोर्चामा रहेर काम गरिरहेका ३ हजार ७ सय ५४ जनालाई खोप लगाउने कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

त्यसैगरी स्याङ्जामा पनि कोरोना भाइरसविरुद्धको खोप आइपुगेको छ ।

स्याङ्जाको लागि पठाएको १ सय ७१ भायल १७ सय १० डोज खोप स्वास्थ्य कार्यालय स्याङ्जालाई हस्तान्तरण गरिएको छ ।