
काठमाडौं, माघ १३ । लगातार उकालो लाग्दै आएको शेयर बजारमा मंगलबार सामान्य करेक्सन आयो ।
उतारचढाव बिच बजार परिरसुचक नेप्से १७ अंकले ओरालो लागेर २४ सय २३ कायमभयो ।
कारोबार भने उच्च नै सवा ८ अर्ब हाराहारीमा रहा्यो ।
यसदिन कारोबार भएका अधिकांश समुहमा गिरावट आउँदा नेप्से पनि ओरालो लागेको हो ।
वित्त र होटल समुह बाहेक अरु सबै समुह ओरालो लागेका हुन् ।
यसदिन ४० कम्पनीको शेयर मुल्य बढ्दा १ सय २९ कम्पनीको शेयर मुल्य घट्यो ।
गुराँस लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढी कमाउँदा शिव श्री हाईड्रोपावर कम्पनीले बढी गुमाउन पुग्यो ।
यसदिन २ सय ७ कम्पनीको १ करोड ९६ लाख कित्ता शेयर ८ अर्ब २७ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्