१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अनलाइनमार्फत काम हुँदा पनि श्रमिकले दुःख र झन्झटबाट पार पाउन सकेनन्


0
Shares

काठमाडौं, माघ १३ । कोभिडका कारण लामो समयदेखि बन्द रहेको बैदेशिक रोजगार व्यवसाय सामान्य तर्फ उन्मुख हुन थालेको छ ।

योसंगै व्यवसायीहरुले गैरकानूनी ढंगबाट विदेशमा रोजगारीका लागि नेपाली कामदार पठाउने क्रम पनि बढ्रदै गएसंगै वैदेशिक रोजगार विभागले अनुमगनलाई तिब्रता दिएको छ ।

यसै क्रममा केही कम्पनी सस्पेन्ड भएका छन् भने केहीको अनुसधन्धान भैरहेको छ ।

विभागले अनुगम र कारबाही बढाएसंगै म्यानपावर व्यवसायीले सरकारी असहयोग र समन्वय अभावका कारण यस क्षेत्रमा समस्या परेको तर्क गर्न थालेका छन् ।

मंगलवार व्यवसायीहरुले बैदेशिक रोजगार कार्यालय ताहचल पुगेर सरकारी अधिकारीहरुको ध्यानाकर्षण गराए ।

मन्त्रालय, विभाग, र श्रम कार्यालयबीच समन्वय हुन नसक्दा व्यसायीहरुलाई अप्ठेरो परेको भन्दै उनिहरुले गुनासो गरे ।

सबै कुरा अनलाइनबाट हुने व्यवस्था गरिए पनि श्रमिले अझै दुःख र झन्झट पाइरहेको भन्दै व्यवसायीहरुले कार्यालय प्रमुखको ध्यानाकर्षण गराएका थिए ।