
चितवन, माघ १४ । हरेक दश वर्षमा हुने कृषी गणनाका लागि चितवनमा बुधबार जिल्ला स्तरीय सचेतना गोष्ठी भएको छ ।
राष्ट्रिय जनगणना २०७८ सकिएपछि २०७८ पौषबाट गरिने कृषी गणनामा समावेश हुने प्रश्न, गणना गर्ने तरिका, उद्देश्य र भूमिकालगायतका विषयमा तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमुर्ति भण्डारीले जानकारी गराउनुभयो ।
कार्यक्रममा सरकारी कार्यालयका प्रमुखहरुले सहकार्य गर्दै वास्तविक तथ्याङ्क आउने गरी काम गर्न सुझाव दिएका थिए ।
१० वर्ष धेरै लामो समय भएको र गणनाको अवधि छोट्याएर वास्तविक तथ्याङ्क आउने गरी कार्यक्रम थाल्न उनीहरुले सुझाव दिएका हुन् ।
यस पटक कागजी प्रश्नावलीसँगै ट्याव्लेटमा समेत गणना गर्ने व्यस्था मिलाइएको कार्यक्रममा जानकारी गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस्