
काठमाडौं, माघ १४ । होटल व्यवसायी र कर्मचारी कामदारबीच नयाँ सहमति भएको छ ।
कोभिड महामारीका कारण सबैभन्दा प्रभावित होटल क्षेत्रका ठुला मुख्य तीनवटा ट्रेड युनियन र होटल एसोसिएसन अफ नेपाल हान बीच नयाँ सहमति भएको हो ।
२०२१ जनवरीबाट सन् २०२१ को डिसेम्बर ३१ तारिख सम्म लागू हुने गरी टे«ड युनियन कांग्रेस, जीफन्ट र आनटुक अन्तरगतका मजदुर र व्यवसायी बीच नयाँ सम्झौता भएको हो ।
सहमति अनुसार कोरोनाका कारण घरमा बसेका कर्मचारी र कामदारलाई पनि पाँचतारे होटल तथा रिसोर्टले मासिक पाँच हजार रुपैयाँ राहत दिने भएका छन् ।
त्यस्तै चारतारे होटल तथा रिसोर्टले चार हजार, तीनतारे होटल तथा रिसोर्टले ३ हजार, दुई तारे होटल तथा रिसोर्टले २५ सय र एक तारे होटल तथा रिसोर्टले २ हजार रुपैयाँ मासिक पारिश्रमिकका रुपमा कामदारलाई उपलब्ध गराउने सहमति भएको हो ।
साथै पर्यटक होटल तथा रिसोर्टमा काम गर्ने कर्मचारीलाई भने आपसी समझदारीमा पारिश्रमिक दिने सम्झौता भएको जनाइएको छ ।
काममा आउन चाहने कर्मचारी र कामदारलाई चक्रिय प्रणाली अनुसार आवश्यकताका अनुसार काममा लगाउने पनि सहमति भएको नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघका अध्यक्ष खेमराज खड्काले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्